Online दरखास्त आवेदन फाराम भर्न र दरखास्त फाराम दस्तुर बुझाउने सम्वन्धी सूचना
बैंकमा रिक्त रहेका विभिन्न पदका लागि मिति २०८०/०२/१९ देखि २०८०/०३/०७ गते बैकिङ्ग समयभित्र दरखास्त दस्तुर सहित दरखास्त फाराम बुझाउनु हुन सूचित गरिन्छ । सो अवधिभित्र दरखास्त फाराम र दस्तुर बुझाउन नसक्नेहरूका लागि मिति २०८०/०३/१४ सम्म दोब्बर दस्तुर तिरी आवेदन दिन सकिनेछ ।
दरखास्त फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरु :
१. सर्बप्रथम Registration गर्नुहोस् | त्यसको लागि आफुले भर्ने विज्ञापन भएको ठाउँको Apply मा click गर्नुहोस् अथवा screen को top-right corner मा Registration मा click गर्नुहोस् |
क) Password कम्तिमा ६ characters को हुनु पर्नेछ, जस मध्ये एउटा Capital letter र एउटा Number हुनु पर्नेछ |
ख) Captcha राख्दा देखिए अनुरुप Capital र Small letter मा लेखी continue मा click गर्ने |
२. यस पछि Login ID प्राप्त हुनेछ | एक भन्दा बढी विज्ञापनमा Apply गर्दा र प्रबेशपत्र लिंदा समेत यहि Login ID प्रयोग गर्नु पर्ने भएकोले सो Login ID र Password सुरक्षित राख्नु पर्नेछ |
३. पुनः आफुले भर्ने विज्ञापन भएको ठाउँको Apply मा click गर्नुहोस् |
४. यसपछि General तथा Document दुबै tab को fields मा भर्नु पर्ने विवरणहरु भरी Submit गर्नुहोस् | दरखास्तवालाको नाम र पारिवारिक विवरण देवनागरी (Bishall font) मा लेख्नु पर्ने छ । अन्य विवरण ENGLISH मा भर्नु पर्ने छ ।
५. उपरोक्त प्रक्रिया पश्चात् बुझाउनु पर्ने परीक्षा दस्तुर र उल्लेख भएको Application Confirmation Slip प्राप्त हुनेछ | सो Application Confirmation Slip लाई आफ्नो portal मा login गरे पश्चात् Applied Vacancies tab मा गएर पनि download या print गर्न सकिनेछ |
६. Online दरखास्त फारम Sumit गरे पश्चात प्राप्त हुने Application Number अनुरुप बुझाउनु पर्ने परिक्षा दस्तुर eSewa, connect IPS, khalti र ADBL Smart Banking मार्फत बुझाउनु पर्नेछ । तोकिए बमोजिमको रकम जम्मा नगरेको Online दरखास्त फारम रीतपूर्वक भएको मानिने छैन ।
७. eSewa, connect IPS, khalti र ADBL Smart Banking मार्फत भुक्तानी गर्दा आफ्नो User Id र Password प्रयोग गरी पुन: Login अथवा View all vacancies मा Click गर्दा देखिने Payment Option हरु मध्ये आफुले प्रयोग गर्न चाहेको Option मा Click गरी भुक्तानी गर्न सकिनेछ ।
८. परीक्षा दस्तुर तथा attach गरेको documents बैंकबाट verification गरिने भएकोले केहि समय लाग्नेछ ।
९. उम्मेदवारहरको परिक्षाकेन्द्र सम्वन्धी सुचना बैंकको Website मा पछी प्रकाशित गरिनेछ ।
१०. एक पटक submit भएको दरखास्त फाराम फेरी edit गर्न सकिने छैन | तोकिए बमोजिम परीक्षा दस्तुर जम्मा नगरेमा, झूठा विवरण पेस गरी online दरखास्त फाराम भरेमा वा विवरण अनुसार प्रमाणपत्र अपुग भएमा सो दरखास्त फाराम स्वतः रद्द हुनेछ |
११. दरखास्त Reject वा Accept भएको जानकारी SMS मार्फत् गराइनेछ । तथा सो को जानकारी यस बैंकको website मा login गरी केही दिन पछि हेर्न सकिने छ । कारणबस Reject भएका दर्खास्तहरु दर्खास्त दिने अन्तिम दिन सम्ममा सोही login बाट आफैले सच्चयाउन सकिने छ ।
१२. समावेसीको हकमा महिला बाहेक अन्य समूहमा apply गर्दा सो को प्रमाणपत्र "Documents" tab मा अनिवार्य upload गर्नु पर्नेछ |
कृषि बिकास बैंक लिमिटेड
जनशक्ती ब्यवस्थापन विभाग
फोन नं. ०१-४२१९२४१ वा बैंकको एक्स्टेन्सन नं. १३०१,१३०२,१३०५,१३०८,१३१०,१३१६,१३१७ र १३१८ Mobile No 9851063051, 9841820724, 9851240042, 9857016599, 9851130253, 9858067766, 9841252548, 9841302476